×

पत्रकार गिरीलाई सञ्चार सेवा सम्मान

images

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
 
कार्यक्रममा २०७७ र ०७८ साल गरि दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा २०७७ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नुपूर भट्टचार्य, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट रंगकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित भए । 
 
त्यस्तै २०७८ को सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, विषेश सञ्चार सेवाबाट विदुर गिरी, नाट्य संगीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया र विशेष नाट्य संगीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मा सम्मानित भए । 

कार्यक्रममा प्रमूख अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुपलपति नारायण भक्त श्रेष्ठ (रायन), सस्थाकी संरक्षीका कल्याणी रिमाल, कार्यक्रमका सभापती तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको थिए ।
 

शुक्रबार​ ७ असोज २०७९ ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया