×

पच्चीसौ सिम्पल सम्मान प्रतिभा चयन

images

 

२०५५ सालदेखि सिम्पल आर्ट्स बानेस्वरले निरन्तर रुपमा साहित्य,सङ्गीत,कला र अन्य क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई सिम्पल सम्मान अर्पण गर्दै आएको छ ।यसले यो वर्ष पच्चीसौ अर्थात रजत महोत्सवको अवसर पारेर बिभिन्न पाँच प्रतिभाहरुलाई सिम्पल सम्मान २०७९ प्रदान गर्दैछ । यस पटक शिक्षासेवी शेषमणि भट्टराई ,साहित्यकार ललिता दोषी ,पत्रकार तथा साहित्यकार केशवराज पाठक , कलाकार तथा निर्माता प्रज्ञा जोशी र गायिका स्वेता उप्रेतीलाई सो सम्मान प्रदान गरिने सिम्पल आर्ट्सले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा चलचित्र निर्देशक केशव सान्दाइको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा सो प्रतिभा चयन गरेको जनाइएको छ । आगामी फागुन ७ गते विशेष कार्यक्रम बीच सो सम्मान अर्पण गरिने संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले बताउनु भयो ।

 

सोमबार ९ माघ २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया