×

आर्सनलको निर्णायक छलाङ

images

काठमाडौ । आर्सनलले सम्भवतः इंग्लिस प्रिमियर लिगमा आइतबार निर्णायक सावित हुन सक्ने छलाङ लिएको छ । यसक्रममा उसले म्यानचेस्टर युनाइटेडलाई ३–२ ले हराएको हो । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि लयमा रहेका एडी एनकेटिहले दुई गोल गरे । त्यसमध्ये उनले निर्णायक गोल ९० औं मिनेटमा गरे ।

युनाइटेडले मार्कस रसफोर्डको गोलले अग्रता लिएयता बुकायो साकाले बराबरी गोल गरे । युनाइटेडको अर्को गोल लिसान्ड्रो मार्टिनेजको नाममा रह्यो । यो नतिजापछि आर्सनलको ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४५ अंक छ । त्यस पछाडि न्युकासल र युनाइटेडको समान ३९ अंक छ । सिटीले भने त्यस अगाडि उल्भ्सलाई ३–० ले हराएको थियो ।

उता स्पेनी ला लिगामा दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड दुवै विजयी रहे । बार्सिलोनाले गेटाफेलाई १–० ले हरायो र त्यसमा पेड्रीले निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना ४४ अंकमा शीर्ष स्थानमा रह्यो । यस्तै रियलले भने एथलेटिको बिलबाओलाई २–० ले पराजित गर्‍यो र यस जितमा करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे । 

सोमबार ९ माघ २०७९ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया