×
images

शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पती सार्वजनिक

बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।


बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रेम शाहीकाअनुसार बोहरा विष्टले अध्यापन गराउँदै आएको कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएकी थिइन् । उनका श्रीमान बोहरा पनि केही दिनदेखि उनीसँगै विद्यालयको होस्टेलमा बस्दै आएका थिए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्टले श्रीमतीमाथि दुव्र्यवहार गरेको देखेपछि हत्या गरेको बोहराले प्रहरी समक्ष बयान दिएका छन् । ‘पुस १ गते राति विमला शौचालय जान्छु भनि कोठाबाट बाहिर निस्केकी थिइ । ढिलोसम्म नआएपछि मैले खोजी गर्दा उनलाई विष्टले अंगालो हालेको देखेपछि रिस उठेर मुक्का हानेको थिए,’ बोहराको बयान उदृत गर्दै डीएसपी शाहीले भने, ‘मुक्का प्रहार गर्दा ढलेपछि उनको छाती र मुखमा हानेको हुँ । ’

बिहीबार ७ पुस २०७९ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया