काठमाडौ । प्रतिनिधि सभातर्फ मकवानपुर निर्वाचन क्षत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम गरेकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध २ हजार ४७२ मतको अग्रता बनाएकी हुन् ।
सो क्षेत्रमा कुल १६ हजार ८४९ मत गन्दा डिनाले ७ हजार ५८० मत पाएकी छिन् भने थापाले ५ हजार १०८ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले २ हजार ३७७ मतसहित थापाको पछाडि छन् ।
प्रतिक्रिया