×

अछाम १ मा श्रममन्त्री कुँवरलाई ३५४४ को अग्रता

images

काठमाडौ ।  अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका कुँवरले आफ्नो बढाउँदै लगेका हुन् । 

अहिलेसम्म उनले ९ हजार ८७१ मतसहित अग्र स्थानमा छन् । उनलाई पछ्याई रहेका नेकपा एमालेका झपट बोहराले ६ हजार ३२७ मत पाएका छन् । भने कुँवरले ३ हजार ५४४ मतको अग्रता पाएका छन् । 


११ जना उम्मेदवार रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्य उम्मेदवार निकै पछि छन् ।

मङ्गलबार ६ मंसिर २०७९ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया