×

सुनसरी १ मा पाँच उम्मेदवारका कडा प्रतिस्पर्धा

images

काठमाडौ । सुनसरीको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले एकसय मतको अग्रता लिएका छन् । उनले १२२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता अशोककुमार राईले ११२२ मत ल्याएका छन् ।

केही समय अगाडिसम्म अग्रता लिएका राप्रपाका अशोक राई भने पाँचौ स्थानमा झरेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १०९१ मत ल्याउँदा चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १०९० र राप्रपाका राईले १००४ मत ल्याएका छन् ।

मङ्गलबार ६ मंसिर २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया