×

माओवादीका वर्षमानको दोब्बर मतको अग्रता

images

 काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् । 

यस्तै प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका  एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् । यस्तै प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।


माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले  ३ हजार ४९७ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह  एमालेका प्रेमबहादुर भन्दा बढी दीपेन्द्रले ल्याएका छन् ।

मङ्गलबार ६ मंसिर २०७९ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया