×

नवलपरासी– १ मा घन्टीलाई पछि पार्दै अघि लागे नेपाली कांग्रेस

images

 काठमाडौ । नवलपरासी– १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले फेरि अग्रता लिएका छन् । १९ हजार पाँच सय ५० मत गणना गर्दा चौधरीले ५९६० मत ल्याएका छन्।

 यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले चौधरीलाई ५७८९ मत ल्याएर पछ्याइरहेका छन्। यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका थिए ।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले ३८०३ मत ल्याउँदा राप्रपाका उम्मेदवार भोजराज ढकालले ७१४ मत प्राप्त भएको छ ।

मङ्गलबार ६ मंसिर २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया