काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा गेटाफेलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।
यस सिजनमा बार्सिलोनाको यो चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको बार्सिलोनाको १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको यो यस सिजनमा दोस्रो हार हो । ५ खेलमा ३ जित र २ हार बेहोरेको गेटाफे ९ अंकसहित आठौ स्थानमा रहेको छ ।
प्रतिक्रिया