×

सुनको मूल्यमा ठुलो गिरावट

images

काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

आइतबार​ ८ चैत २०८२ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया