×

१७ अंकले बढ्यो नेप्से

images

काठमाडौँ :  मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.४२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३५ अंकमा कायम भएको छ । १ : २१ बजे परिसूचक २७५० अंकसम्म पुगे पनि सो वृद्धि टिक्न सकेन । कुल ३ अर्ब २१ करोडको कारोबार भयो । 

बैंकिङ ८, ब्यापार १३, होटल तथा पर्यटन ४, विकास बैंक ७०, जलविद्युत् २७, निर्जीवन बीमा १२८, अन्य ४६, लघुवित्त १५, जीवन बीमा ७ अंकले बढे । उत्पादन उपसमूह भने १८ अंकले घट्यो । कुल १३१ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो ।

मैलुङखोला जलविद्युत र युनाइटेड इदीमर्दीको मूल्य १० प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य साढे ८ प्रतिशतले बढ्यो । कारोबारका आधारमा नेपाल टेलिकम, अरुणभ्याली, जीवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी र आईसीएफसी फाइनान्स क्रमश: अगाडि रहे ।

मङ्गलबार १० फागुन २०७८ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया