×
images

एमालेका सांसदहरुलाई निर्देशनः शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोशाक लगाएर आउनु

काठमाण्डौँ।  नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा राष्ट्रिय पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।

 पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । 


‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ ।  नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।

बुधबार ६ पुस २०७९ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया