×

प्युठानमा दुईवटा मतदान केन्द्रको मतपेटिका फुटेको भेटिएपछि विवाद

images

काठमाडौ । प्युठानमा दुईवटा मतदान केन्द्रको मतपेटिका फुटेको भेटिएपछि विवाद भएको छ । नौबाहिनी बराह मावि मतदान केन्द्र र ज्ञानुदय आधारभूत मावि केन्द्रको मतपेटिका फुटेको भेटिएको छ ।

समानुपातिक तर्फको एउटा मतपेटिका र प्रदेशतर्फको एउटा मतपेटिका बाटोमा ल्याउँदा सिल अलिकति फुटेको भेटिएको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले रातोपाटीलाई बताए । उनले भने– ‘अहिले सर्वदलीय बैठक बसिरहेको छ ।’    


सर्वदलीय बैठकमा त्यसबारे छलफल भइरहेको छ । विवादका कारण मतगणना सुरु हुन सकेको छैन । 

सोमबार ५ मंसिर २०७९ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया