×

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ को मतगणना सुरु

images

काठमाडौ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ को मतगणना कार्य सुरु भएको छ। जिल्लाको निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा र उक्त क्षेत्रको प्रदेश सभा (ख) को मतगणना सुरु भएको छ। जिल्लाको रामग्राम नगरपालिका कार्यालयमा निर्वाचन क्षेत्रको मतगणना कार्य प्रारम्भ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उता निर्वाचन क्षेत्र १ मा भने मतगणना अझै केही ढिला हुने जानकारी प्राप्त भएको छ। 

जिल्लामा कुल २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा कुल ७२ प्रतिशत मत खसेको छ।

सोमबार ५ मंसिर २०७९ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया