×

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

images

 

काठमाण्डौं ।पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा परेस राई  र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

गीतमा संगीतकार शशी गुरुङ्गले गीतमा संगीत भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई सनम तामाङ्गको छायाँकन , अर्जुन खड्काको सम्पादन तथा अनिल थुलुङ्ग राईको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । गीतको भिडियोमा मिन गुरुङ्ग , अनुशा साङ्गपाङ्ग राई , आशिस लिम्वु र सलिना भुजेलको अभिनय रहेको छ ।

शनिबार ४ कात्तिक २०८० ०६:४८ PM मा प्रकाशित

प्रतिक्रिया