×

गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै

images

काठमाडौँ । बलिवुड गायक जुबिन गर्गको अन्त्यष्टि गरिदैछ । उनको शव आइतबार बिहान गुवाहाटी पुर्याइएको छ । उनलाई अन्तिम बिदाई दिन हजारौं प्रशंसकहरू विमानस्थलमा भेला भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जुबिनकी श्रीमती गरिमा गर्ग र राज्य सरकारका अधिकारीहरू शव लिन उपस्थित थिए ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा जुबिनको अन्त्येष्टि यात्राको भिडियो साझा गरेका छन् । उनी जुबिनको शव लिन दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

जुबिन गर्गको शव एयर इन्डिया एक्सप्रेसको उडानबाट गुवाहाटी पुर्याइएको थियो ।

शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा जुबिन गर्गको दुर्घटनामा मृत्यु भएको थियो । आसामका प्रसिद्ध गायक गर्गले बलिवुडमा निकै चर्चित गितहौ गाएका छन् ।

आइतबार​ ५ असोज २०८२ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया