×

हराएका श्रीमान् खोज्दै सुनिता

images

पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँकी सुनिता नेपाली हराएका श्रीमान् खोज्न भौतारिँदै हिँड्नुभएको छ । उहाँ आफन्तदेखि प्रहारी कार्यालयसम्म श्रीमान्को खोजीका लागि पुग्नुभएको छ । 

मानसिक सन्तुलन ठीक नभएका उहाँका ३५ वर्षीय श्रीमान् नरी नेपाली असार १९ गते आफन्तको घर आएका बेला बेलडाँडी क्याम्पबाट हराएका हुन् । “श्रीमान्को खोजीका लागि ठाउँठाउँमा फोटो देखाउँदै हिँडेकी छु”, उहाँले भन्नुभयो, “बेलडाँडी आएका बेला हराए, खोजी गर्न आफन्त, प्रहरी सबैकहाँ फोटो छाडेर आएकी छु ।”

नेपाली दम्पतीका तीन छोरी र एक छोरा छन् । घरमा छोराछोरी छाडेर सुनिता श्रीमान्को खोजीमा हिँडनुभएको हो । “कता पो गए, के पो भयो, केही पनि थाह छैन”, उहाँले भन्नुभयो, “सबैसित खोजीका लागि सहयोग गरिदिन आग्रह गरिरहेकी छु ।”

श्रीमान्को खोजीमा बिहीबार उहाँ महेन्द्रनगर पुग्नुभएको छ । भगतपुरस्थित आफन्तलाई साथ लिएर उहाँ बेपत्ता श्रीमान् खोजीका लागि प्रहरी कार्यालय पुग्नुभएको छ । 

बिहीबार ५ साउन २०७९ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया