×

चिनियाँ विमानको पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक अवतरण

images

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९:०६ बजे अवतरण गरेको हो । जहाज बुधबार बिहान ९:३० बजे पोखरा विमानस्थल अवतरण हुने बताइएको थियो । तोकिएको समयभन्दा २४ मिनेट अगाडि नै विमान पोखरा अवतरण गरेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आएको थियो । जहाँ १ सय ३० जना यात्रु रहका छन् । दक्षिण एसियामा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि खेलाडीहरू नेपाल आउन लागेका हुन् ।

सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

बुधबार ६ असार २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया