×
images

यौन दुव्यर्वहारको आरोप लागेका माओवादी केन्द्रका केन्द्रीय सदस्‍य निलम्बित

 काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुव्यर्वहारको आरोप लागेको छ ।

उनले माओवादी केन्दकै भाृत संगठन अखिल (क्रान्तिकारी)मा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेको छ ।


अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।

ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

मङ्गलबार ५ पुस २०७९ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया