×
images

आफ्नै नाममा दर्ता भएको सिम मात्र चलाउन टेलिकमको अनुरोध

काठमाडौं। नेपाल टेलिकमले आफ्नै नाममा मात्र दर्ता भएको सिमको प्रयोग गर्न तथा सिमकार्ड हराएमा वा बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ। 

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले उक्त अनुरोध गरेको बताएको छ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ।

मङ्गलबार ५ पुस २०७९ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया