×

राजेन्द्र लिङ्देन राप्रपाको संसदीय दलको नेतामा चयन

images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो।


प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

मङ्गलबार ५ पुस २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया