ज्याठा ठमेल उपसमितिद्वारा शुभकामना आदान-प्रदान 

    images

    काठमाडौं । ज्याठा ठमेल उपसमितिले शुभकामना आदान–प्रदान गरेको छ । 

    आज (शुक्रबार) अपरान्ह २ बजेदेखि उक्त समितिले शुभकामना आदान–प्रदान गरेको हो । 

    बडादशैं, तिहार, छठ तथा नेपाल संवत् ११४४ को अवसरमा ज्याठा ठमेल उपसमिति, पर्यटन विकास परिषद्ले शुभकामना आदान–प्रदान एवं भेटघाट कार्यक्रम गरेको छ । 

    ‘अशोक चैत्य’ परिषरमा अशोक गल्ली ज्याठा ठमेलमा उक्त कार्यक्रम गरिएको समितिका अध्यक्ष रमेशलाल प्रधानले जानकारी दिए । 

    ठमेलका व्यापारी, उद्योगी, व्यवसायी, प्रहरी र स्थानीयको उपस्थितिमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम गरिएको समितिका सचिव सञ्जीवकुमार श्रेष्ठले ईसञ्चारपाटीलाई बताए । 

    उनले भने– ‘ठमेल देशकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक नगरी भएकोले यसको प्रवद्र्धन र थप विकासका लागि पनि छलफल गरिएको छ । आगामी दिनमा ठमेललाई सभ्य, सफा र सु–संस्कृत नगरी बनाउनेबारे पनि सघन छलफल भएको छ ।’

    शुभकामना आदान–प्रदान कार्यक्रममा जलपान समारोहको पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा एक सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

      शुक्रबार​ ३ कात्तिक २०८० ०४:०७ PM मा प्रकाशित

      प्रतिक्रिया