×

पाटन प्रिमियर लिग सुरु

images


बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग ९पीपीएल० पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताउनुभयो ।  

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा  भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले  भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएकोे छ ।  चौबिस टोली सहभागी रहेको सो प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताउनुभयो  । 

प्रतियोगिताको विजेता टोलीले  रु १ लाख ११ हजार १११सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले   रु ५५ हजार ५ सय ५५ हात पार्नेछ ।    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई ‘म्यान अफ द सिरिज पुरुस्कार’ स्वरुप रु ११ हजार १११सहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही रु पाँच हजार ५५५ प्राप्त गर्ने जनाइएको छ । उदयीमान खेलाडीलाई रु एक हजार एकसय ११ र  प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

मङ्गलबार ४ असोज २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया