×

थप ३ सय ९१ जनामा काेराेना पुष्टि

images

पछिल्लो २४ घण्टामा तीन सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय ८१ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । ४६ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७६ जना पुगेको छ । 

२४ घण्टामा एक लाख २१ हजार पाँच सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बुधबार ४ साउन २०७९ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया