ल्होसार र यसका सांस्कृतिक पक्षहरु

    images

    काठमाडौं । ल्होसार भन्नाले पहिलो वर्षको अन्त्य भइकन नया वर्षको शुरुवातको अवसरलाई बुझिन्छ । जहा ल्हो भन्नाले वर्ष र सार भन्नाले नया भन्ने अर्थ लाग्छ । अर्थात हिमाली बौद्ध समुदायहरुले मनाउने नयावर्षलाई नै ल्होसार भनेर पनि सम्बोधन गरिन्छ । जस अनुसार तामाङ भाषामा ल्हो भन्नाले वर्ष र छार भन्नाले नया भन्ने अर्थ लाग्दछ । यद्यपी ल्होसार वा ल्होछार जुनै उपमाबाट सम्बोधन गरे पनि दुवैको अर्थ र महत्व एउटै हो ।

    ऐतिहासिक परम्परालाई केलाउदा नयावर्ष मनाउने तरिकाहरु समयको पहिचान अनुसार अलग अलग भएकोले ल्होसारको प्रकार पनि धेरै किसिमको पाइन्छ । जस्तै नेपालको सन्दर्भमा सर्वप्रथम नेपाल मण्डलका नेवारहरुले नया वर्ष न्हुदया भिन्तुना मनाउने गर्दछन्। त्यस पश्चात भने गुरुङहरुले तमु ल्होसार र अन्य हिमाली जातीहरुले सोनाम ल्होसार मनाउने गर्दछन्। त्यसै गरेर तिव्वती समुदायले ग्याल्पो ल्होसार मनाउने प्रचलन छ ।

    यसरी नै सम्पूर्ण नेपालीले वैशाख १ गतेका दिन नया वर्ष मनाउने गर्दछन् । भने अंग्रेजी समुदायले भने जनावरी १ तारीखका दिन नया“ वर्ष मनाउने गर्दछन्। तिब्बतमा पनि समयको पहिचान र विभिन्न महत्वपूर्ण तिथी तथा विधि अनुसार ९ किसिमले समयको गणना गरी मिति चलाउने प्रचलन छ । यद्यपी तिब्बतीयन पात्रो अनुसार प्रथम महिना (दावा दाङपो) लाई आधिकारीक रुपमा नया“ मिति चलाउने नियमलाई स्वीकार गरिएको छ । जुन भौगोलिक हिसाबले मध्ये तिब्बतका समुदायहरुले (वुचाङ) यसलाई विशेष रुपमा मनाइने प्रचलन पाइन्छ ।

    यस क्रममा ल्होसारका लागि विभिन्न आवश्यक खाद्य सामाग्री लगायत अन्य सामाग्रीहरुको व्यवस्था १ महिना अगाडि देखि नै बन्दोबस्त गर्ने गर्दछन्। जस्तै पिठो (चम्पा) मासु, चौरीको घ्यू, तेल, फलफूल आदि ल्होसारको अति आवश्यक कुराहरु हुन्छ । यसका साथै नया पोशाक, गरगहनाहरुको किनमेल गर्दछन्। यसरी भगवानलाई चढाउने विशेष शुद्ध भोजनका साथमा भेडाको शिर, अन्नको जमरा, छेमार (चम्पा, घ्यू र चिनी मिसाई बनाएको) विभिन्न प्रकारका फूलहरु सहित घ्यूबाट वा चित्रमा रङ्गले रङ्गाएर बनाएको अष्टमंगलको प्रतीक घरको छानामाथी राख्ने लुङ्गता र ध्वजा (र्दार्छोक) आदिको समेत व्यवस्था गर्ने गरिन्छ ।

    यसरी नै नया अन्नबाट जाड, रक्सी पकाउने चलन छ । यसरी नै घरका भाडाकुडाहरुको सफासुग्घर र घर वरिपरि लगायत सम्पूर्ण कोठाहरु सफा संग बढार कुढार गरी रंङ्गाउने गर्दछन्। यसरी ल्होसार मनाउनको लागि पूर्व तयारीहरु गरी, सम्पन्न हुन्छ । १२ औं महिनाको २९औं तिथिका दिनमा प्रत्येक गुम्बाहरुमा नया“ सालको दशा ग्रह विघ्न बाधाहरु हटाउनका लागि गुतोर पूजा गर्नुका साथै लामा नाच देखाउने चलन रहेको छ ।

    यसै दिनको राती परिवारको सदस्यहरु संगै बसी गुथुक खाने चलन छ । गुथुक भन्नाले गु अर्थात १२ औ महिनाको २९ औ तिथीको दिन र थुक भन्नाले सबै परिवारहरुको भेटघाट भन्ने अर्थ लाग्दछ । यसरी नै अर्को अर्थमा गु भन्नाले ९ किसिमका अन्नहरु र थुक भन्नाले सो अन्नबाट बनाइएका विशेष प्रकारको थुक्पालाई बुझाउदछ । नौ किसिमका अन्नहरुमा स्थान विशेषले उपलब्ध हुने जुनै अन्न भए पनि हुन्छ यहि नै भनेर उल्लेख गरिएको पाइदैन ।

    गुथुक खानु भन्दा अगाडी पिठोको डल्लो (पाक) बनाएर परिवारका सबै सदस्यहरुलाई आफ्नो ग्रहदशा फाल्नका लागि शरिरका सबै अंगहरुमा छुवाउदै मनबाट समेत आफ्नो १ वर्ष १२ महिना ३६० दिनको (तिब्बती पात्रोअनुसार विघ्न बाधा ग्रह दशाहरु हटेर जाउन भनी प्रार्थना गर्दै अन्त्यमा भूत बनाएर (डिल्हु) एउटा गमला भित्र राखिन्छ यस पछि रात्री भोजनको रुपमा गुथुक खाने गरिन्छ ।

    गुथुक भित्र भिन्दै आकारमा मैदाको डल्लो बनाएर त्यस भित्र पारिवारिक मनोरञ्जनको लागि विभिन्न प्रतीकहरु जस्तै खुर्सानी, कोइला, कचौरा, नुन, ऊन, धुप, सूर्य, चन्द्रमा आदि कागजमा लेखेर राखि पकाउने चलन छ । यसरी पकाएको थुक्पालाई आ–आफ्नो भागमा पस्कदा आफ्नो भागमा जे प¥र्यो त्यही अनुसार एक अर्कोलाई देखाई त्यसको अर्थ केलाउदै हासो व्यङ्ग्य र रमाइलो गर्ने गरिन्छ । यो रमाइलोको लागि मात्र रहेकोले मान्छेको भविष्यवाणी संग सम्बन्धित हुदैन ।

    त्यस राती सबै जनाले ९–९ कचौरा थुक्पा खानु पर्ने र प्रत्येक पल्ट १–१ थोपा गरी जम्मा ९ थोपा थुक्पा भुत (डिल्हु) को भा“डामा राख्दै अन्तमा हाम्रो कचौरामा रहेको बा“की थुक्पाहरु प्नि डिल्हुको भा“डामा राख्दै छ्याङ्गको छोक्रा र चियापत्ति समेत राखी एकजना आइमाई मान्छेले घर बाहिर निकाल्ने र एकजना पुरुष मानिसले हातमा १ मुठी परालमा आगो सल्काउदै घर मित्रको सबै स्थानहरुमा घुमेर घरलाई पिरोल्ने सबै ग्रह दशाहरुलाई बाहिर बोलाउदै रिस देखाउदै दोबाटोमा पु¥याउने र त्यस पछि पटका पड्काउदै भूत मन्साउने गर्दछन्।

    १२औ महिनाको अन्तिम ३० औ तिथी अर्थात औशीका दिनमा परिवारका सबै सदस्यहरुले नुवाइ धुवाई गरी घरको पुजाकोठा भित्र पूजा स्थानमा विभिन्न खानेकुराहरु जस्तै खाप्से, फलफूल, सगुन स्वरुप जाड रक्सी आदि सजाएर राख्ने चलन छ । यसरी नै छेमारको भाडोको बाया पट्टि गहु“ र दायापट्टि चम्पा घ्यू चिनी आदि मिसाएर तयार पारिएको छेमार बनाई त्यसमाथि अष्टमंगलको प्रतीक चिन्ह बनाएर राख्ने गरिन्छ । भेडाको शिर स्वरुप पिठो बाट बनाएर अथवा सिसा वा काठबाट समेत बनाएर सजाउने चलनपनि रहिआएको छ ।

    यसरी नै घरको भान्छाकोठाको भित्तामा पनि अष्टमंगलको चित्रहरु बनाउने पानीका भा“डाहरुमा सफा पानी भरी खादा तथा फूलले सजाउने र घरका झ्याल ढोकाको पर्दाहरु नया“ फेर्ने चलन छ । त्यसको भोलिपल्ट नया“ कपडा लगाएर भगवानलाई सफा पानी चढाउने गरिन्छ । विशेष गरी त्यस दिनमा घरको शुभ लक्षण बाहिर नजाउन् भन्दै घरको सरसफाई नगर्ने तथा पैसाहरु समेत नचलाउने गरिन्छ ।

    पुजा स्थानमा सजाइएको छेमार तथा सगुनको स्वरुप जाड रक्सी भगवानलाई चढाउदै टासी देलेग फुन्सुम छोग । ऐमा बाक्डो कुखम स्हाङ । तेन्दू देवा थोपार श्योग । अर्थात सबै जना सधैभरी सुख र शान्तिले युक्त होउन समृद्धि र निरोगिता छाउन, शुभ मंगल भई रहोस भन्ने कामना गर्दै प्रार्थना गरिन्छ । त्यसपछि विहान घरका ठूला–वडाहरु बाट आर्शिवाद लिदै गुम्बाहरुमा गएर दर्शन गरी आफ्ना मूल गुरुलाई ल्होसारको कोसेली चढाउदै आर्शिवाद लिने गरिन्छ ।

    त्यसपछि भने आफन्त तथा साथी भाईहरु संग ल्होसारको शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी ल्होसार मनाउने गरिन्छ । ल्होसारको तेस्रो दिनमा गाउका सबै जना एकै ठाउमा भेला भएर गाउका धर्मपाल र स्थानीय देवीदेवता भूमिपति आदिलाई धुप (साङ्ग) सगुन रक्सी (सेर्किम) फलफूल आदि चढाउने गरिन्छ । यस बेला गाउ घरमा खेती बाली राम्रो होस गाउघरमा झै–झगडा प्राकृतिक विपत्ति नहोस सुख र शान्ति भई रहोस भनी कामना गर्ने गरिन्छ ।

    यस पछि भने प्रत्येक गाउलेहरुले आ–आफ्नो घरमा लुङ्गता, ध्वजा चढाउने गर्दछन्। त्यस क्रममा कि....कि.....सो...सो...ल्हा ग्यालो अर्थात देवी देवताहरु सधै विजय होउन भन्दै चम्पाको पिठो, चामल, गहु“ आदि माथि आकाश तर्फ छर्केर चढाउने र खुशीयाली मनाउने चलन छ । चौथो दिन देखी भने आफ्ना नजिकका आफन्तहरुलाई पाहुना बोलाउने र उनीहरुकहा“ पाहुना खान जाने चलन छ ।

    ल्होसार मान्ने निश्चित समय अवधि नरहे पनि सामान्यतया पहिलो महिनाको पूर्णिमा सम्म मान्ने प्रचलन रहिआएको छ । यसरी अलग अलग ल्होसार मनाउने चलन रहे पनि जाति तथा स्थान विशेष अनुसार यसका परम्परा र प्रचलनहरुमा केही भिन्नताहरु रहेको पाइन्छ ।
                                                                                                       

                                                                                                                                 आचार्य उर्गेन दोर्जे मुगुम

    सोमबार ८ फागुन २०७९ ०२:५८ PM मा प्रकाशित

    प्रतिक्रिया