×

अन्तिम मैदानी भेटमा रोनाल्डो र मेसी दुवैको गोल

images

काठमाडौं । साउदी अरेबियामा बिहीबार राति भएको एक मैत्रीपूर्ण खेलले पूरा विश्व फुटबलको ध्यान आकर्षित गरेको छ र त्यस्तो नहोस पनि किन र ? आखिरमा त्यस खेलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुवै मैदानमा उत्रेका थिए । उनीहरू आ–आफ्नो खेलको मदतले दर्शकको मन जित्न पनि सफल रहे ।
सम्भवतः यी दुई महान खेलाडीबीचको अन्तिम मैदानी भेटमा मेसीको पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी रह्यो । त्यसमा रोनाल्डोले साउदी अरेबियामा खेलेको आफ्नो पहिलो खेलमा दुई गोल गरे । लियोनल मेसी पनि गोल गर्न सफल रहे । यस्तोमा पीएसजीले रियाद अल स्टार्स–११ लाई ५–४ ले हराएको छ ।
मेसीले गोलको खाता खोलेपछि दोस्रो हाफमा दुई गोल थपे । म्यानचेस्टर युनाइटेड छाडेर अल नासर आएका रोनाल्डोले अब आइतबा इतिफाकविरुद्धको खेलमा डेब्यु गर्दैछन् । यता बिहीबार नै उनीहरूका दुई पूर्व क्लब पनि विजयी रहे र त्यो थियो, स्पेनमा । रियल म्याड्रिडले कोपा डेल रेको क्वाटरफाइनल प्रवेशका लागि भिल्लारियलमाथि ३–२ को कठिन जित निकाल्यो ।
रियलले दुई गोलले पछाडि रहेको स्थितिमा ३० मिनेट भित्र तीन गोल गरेको थियो । त्यस अगाडि बार्सिलोनाले तेस्रो डिभिजनको क्लब क्वेटालाई ५–० ले हराएर क्वाटरफाइनल पुगेको थियो । रियल यस अगाडि बार्सिलोनाविरुद्ध स्पेनी सुपरकपको फाइनलमा पराजित भएको थियो र उसले पछिल्लो समय लय गुमाएको छ ।
यता इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार टोटनहममाथि ४–२ को उत्कृष्ट पुर्नआगमन जित सम्भव पारेको छ । यससँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पाँच अंक रह्यो । टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा सिटीका लागि सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे । अन्त्यमा रियाद मेहराजले दुई गोल थपे । 

शुक्रबार​ ६ माघ २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया