×

कवि ध्रुव जोशीको प्रथम कृति " अनुभूतिका महक" सार्वजनिक

images

पौष २ गते शनिबार ललितपुरमा कृषिविद इन्जिनियर कवि ध्रुव जोशीको प्रथम कृति " अनुभूतिका महक" नेपाली ,हिन्दी ,उर्दू भाषामा लेखिएको पुस्तक प्रमुख अतिथि वरिष्ठ कवि संस्कृतिविद तुलसी दिवसले सार्वजनिक गर्नु भयो। 

जुन सुकै विधा र उमेरमा पनि कविता लेख्नु भनेको यो कविताको आकर्षण भएको हो।कविता यस्तो र उस्तो भन्न नमिल्ने र कविले निर्भीक र प्रष्ट भएर आफ्ना भावना राख्ने हिम्मत गर्नु पर्दछ प्रमुख अतिथि दिवसले भन्नुभयो।
उक्त कृति बारे प्रा डा कृष्णप्रसाद दाहाल र त्रि वि वि हिन्दी बिभाग प्रमुख संजीता बर्माले समिक्षात्मक मन्तव्य राखेका थिए ।

कविलाई कविता लेख्न पहिलो प्रेरणा दिने उनकी धर्मपत्नीले दिएको जानकारी गराइएको थियो ।कवि जोशी असी वर्षको हुनु हुन्छ।

कृतिकार जोशीले यो उमेरमा मलाई कविताको भोक जगाइ दिने साहित्यकार शरद निरौला र मन्जु निरौलालाई विशेष धन्यवाद दिन्छु भन्नू भयो।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ, भागिरथी श्रेष्ठ, मुरारी सिग्देल, विक्रमभक्त जोशी, नीता श्रेष्ठ, सुष्मा अंशु, रमेश दाहाल, इलु शर्मालगायतको उपस्थिति थियो ।

कार्यक्रम संचालन कवि मधु पाठकले गरेका थिए ।

सोमबार ४ पुस २०७९ ०७:५५ AM मा प्रकाशित

प्रतिक्रिया