×

पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने

images

काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित "टकंप्रसाद- रमादेवी पाठक पत्रकारिता पुरस्कार"बाट सम्मानित गर्ने भएको छ । 

यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई "हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार"बाट सम्मानित गर्ने भएको छ । 

यसैगरी एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई "भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार"बाट सम्मानित गर्ने भएको छ । 

हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरु  यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस,अमेरिका)ले स्थापना गर्नु भएको हो । यी पुरस्कारहरु चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन् ।
 

सोमबार ४ पुस २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया