×

७२ वर्षको उमेरमा नागरिकता

images

अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मेल्लेख गाउँपालिका–७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् । 

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेकोले साउदले नागरिकता लिन पाएका थिएनन् । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाए । 

आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उनको भनाइ छ । ‘ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु,’ उनले भने ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास शुरू गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

बिहीबार २ कात्तिक २०८० ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया