×

कर्णालीमा गठबन्धनको बैठक

images

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन समन्वय समिति गठन गरिने भएको छ । उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।

 मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय वीरेन्द्रनगरमा बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष विमला केसीका अनुसार गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने गठबन्धन दलभित्रकै विद्रोही उम्मेदवारी निष्क्रिय गराउने विषयमा पनि छलफल भएको छ । प्रदेशमा एकीकृत समाजवादीका नेताहरुले गठबन्धनका विरुद्धमा धेरैजसो ठाउँमा उम्मेदवारी दर्ता गराएका छन् । 

गठबन्धनका साझा उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिएकाहरुलाई निष्क्रिय गर्नका लागि सहजीकरण आ–आफ्नो दलले गर्ने निर्णय भएको केसीले बताइन् । साथै कार्तिक ६ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई सफल गराउनेबारे पनि वृहत रुपमा छलफल भएको उनले जानकारी दिइन् ।  

बुधबार २ कात्तिक २०७९ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया