×

पौडीमा डुआना र एलेक्सको राष्ट्रिय कीर्तिमान

images

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीमा नेपालले २ वटा राष्ट्रिय कीर्तिमान बनाएको छ । पौडीको पहिलो दिन हिट चरणमा नेपालका एलेक्जेन्डर शाह र डुआना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार बिहान भएको प्रतिस्पर्धामा पुरुष २ सय मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले २ मिनेट ०२ दशमलव ३० सेकेण्ड समयका साथ राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०६ दशमलव ३५ सेकेण्डको कीर्तिमान भंग गरे ।

यस्तै महिला तर्फ २ सय मिटर ब्रेस्टस्टोकमा डुआनाले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । उनले २ मिनेट ४८दशमलव ५७ सेकेण्डको समय निकालिन । उनले आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५ दशमलव ०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

आइतबार​ ५ असार २०७९ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया