×

इटालीको सिजनको पहिलो उपाधि इन्टरलाई

images

लन्डन । इन्टर मिलान इटालीको घरेलु फुटबलमा वर्षको पहिलो उपाधि जित्न सफल भएको छ । उसले भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलको मदतले एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो ।
किङ्ग फयाद स्टेडियममा भएको खेलमा जेकोले एक गोल गरे र त्यस अगाडि फेडरिक डिमार्कोले गरेको पहिलो गोलमा सहयोगी भुमिका पनि निभाए । लउटारो मार्टिनेजले तेस्रो गोल थपे । उता इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई ठूलो धक्का पुगेको छ । इंग्लिस प्रिमियर लिगमा बुधबार क्रिस्टल प्यालेसको हातबाट १–१ को बराबरीमा रोकिएको हो ।
सेलहर्स्ट पार्कमा भएको रोमाञ्चक खेलमा युनाइटेड ९० मिनेटसम्म एक गोलले अगाडि थियो र लगातार दसौं जित निस्कने तय जस्तै देखिएको थियो । तर माइकल ओलिसले फ्रि–किकबाट प्यालेसका लागि सुन्दर गोल गरे । युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो । युनाइटेडको ३९ अंक भएको छ भने आर्सनल ४७ अंकमा शीर्ष स्थानमा छ । 

बिहीबार ५ माघ २०७९ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया