×
images

पोखरा महानगरपालिकाले दियो बाटोमै विश्वकप प्रशारण गर्ने अनुमति

पोखरा । विश्वकप फुटबलको फाइनल खेल सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ ।

कतारमा जारी २३ औँ संस्करणको विश्वकपको फाइनल खेल  आज राति सम्पन्न हुँदैछ । विश्वकप पइनलमा यस पटक डिफेन्डिङ् च्याम्पियन्स फ्रान्स  दक्षिण अमेरिकी टटोलि अर्जेन्टिना भिड्दैछन्। यस सन्दर्भमा निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।


उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ ।पोखराको पृथ्वीचोक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल हो । रातको समयमा धेरैजनाको उपस्थितिमा खेल देखाउँदा सवारी आवागमनमा असर पर्ने र दुर्घटना हुन सक्ने भन्द जिल्ला ट्राफिक प्रहरी कार्यालयले असन्तुष्टि जनाएको छ ।

आइतबार​ ३ पुस २०७९ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया