×

मन्त्री विन्दु कुमार थापा डेढ घण्टा स्थानीयको नियन्त्रणमा, बाटुलेचौरमा पैसा बाँडेको आरोप

images

काठमाडौ ।  गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री समेत रहेका प्रदेशसभा उम्मेदवार बिन्दु कुमार थापाले आचारसंहिताविपरीत पैसा बाँड्न पसेको भन्दै बाटुलेचौरका स्थानीयले डेढ घण्टासम्म नियन्त्रणमा लिएका छन् ।

पोखरा महानगरपालिका १६ स्थित मातृशिशु अस्पताल पछाडि टोलमा मन्त्री थापा साँझ छिरेका थिए । अर्बपति व्यापारीसमेत रहेका थापा कास्की २ को क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार छन् ।

मन्त्री थापाले मतदातालाई प्रलोभनमा पारेर पैसा बाँड्न लाग्दा नियन्त्रणमा लिइएको एमाले कार्यकर्ताहरुको दाबी छ । मन्त्री थापालाई करीव डेढ घण्टापछि कास्की प्रहरीले स्थानीयको नियन्त्रणबाट छुटाएर सुरक्षित लगेको छ ।

भिडिओ


निर्वाचन अधिकृत दयाशंकर अधिकारीलाई स्थानीयले जानकारी गराउँदै ।
थापाले साँझको बेला चुनाव प्रचार गर्न नपाइने आचारसंहिता उल्लंघन गरेको र पैसा बाँडेको आरोप एमालेको छ । सो क्षेत्रबाट प्रतिनिधि सभामा एमालेकी विद्या भट्टराई र प्रदेशमा मीना गुरुङ उम्मेदवार छन् ।

मन्त्री थापालाई नियन्त्रणमा लिएर निर्वाचन अधिकृत दयाशंकर अधिकारीलाई पनि सोही स्थानमा बोलाएर आचारसंहिता उल्लंघनबारे स्थानीयले जानकारी गराएका थिए ।

शुक्रबार​ २ मंसिर २०७९ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया