×

नारायणगढ-मुग्लिन सडकखण्डमा एकसाथ सात सवारी साधन दुर्घटनामा

images

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको गाइघाटमा कम्तिमा सात वटा सवारीसाधन एकसाथ दुर्घटनामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एउटा सवारी अर्कोसँग ठक्कर खाँदै जाँदा कम्तिमा सात सवारी ठोक्किएका हुन् ।

सुरुमा ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि पछाडि रहेका सवारी साधन ठोक्किँदै गएको प्रहरीले जानकारी दिएको छ । यात्रुबाहक बस, माइक्रो, कार, बोलेरो लगायतको सवारीमा क्षति पुगेको छ । अहिले सडक डिभिजन चितवनले लोडर पठाएपछि अहिले दुर्घटनामा परेका सवारी साधन हटाउन थालिएको छ । दुर्घटना परेपछि सडकमा लामो जाम लागेको छ ।

दुर्घटनाका घाइते र क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

 

शनिबार २ कात्तिक २०८२ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया