×

राष्ट्रिय वाणिज्य बैंककाे RBB गज्जब चाडपर्व अफर

images

 

काठमाडौं । बडादशैंको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले 'RBB गज्जब चाडपर्व अफर' याेजना ल्याएकाे छ ।

यस 'RBB गज्जब चाडपर्व अफर' याेजना अन्तर्गत बैंकले ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको हाे।

आज एक सूचना जारी गर्दै बैंकले नेपालीहरुको महान चाड बडादशै , शुभदिपावली, न्हुदया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो ।

'RBB गज्जब चाडपर्व अफर' याेजनाअनुसार ब्याज भुक्तानी गर्ने समय २०८० कार्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ।

बुधबार १ कात्तिक २०८० ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया