×

मार्सी धानको उत्पादन

images

मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालीको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् ।

खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचुर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाहीले बताए ।

मङ्गलबार १ कात्तिक २०७९ ०२:५९ PM मा प्रकाशित

प्रतिक्रिया