×

महारानीलाई अन्तिम श्रद्धाञ्जली दिन ३० घण्टाको पर्खाइ

images

काठमाडौं । चार दिन महारानीको शवलाई राजकीय सम्मानका साथ राखिएको समयमा लाखौँ मानिसले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने ठानिएको छ। बीबीसीका पत्रकार क्रिस्टियन जनसन झरी परेको लन्डनमा नयाँ साथी बनाउँदै पालमा रात कटाउने मध्येका एक थिए।

मङ्गलवार राति १० बजे अकस्मात् ठूलो पानी पर्‍यो। केही घण्टा अघि मात्रै एक अर्कासँग चिनजान गरेका मानिसहरू एकअर्कासँग टाँसिएर बस्न थाले। उनीहरूको छाताले बर्खाबाट हल्का राहत दियो।

म भाग्यमानीमध्ये एक थिए। लन्डनको साउथ ब्याङ्कको चिसो पैदलमार्गमा ठड्याइएको मेरो टेन्टले मलाई झरीबाट केही सुरक्षित गरायो। तर केही मिनेटमात्रै बाहिर हुँदा पनि मेरो पाइन्ट निथ्रुक्कै भिज्यो। तर त्यस्तो बेहोर्ने म मात्रै थिइन।

सोमवार लामबद्ध भएका मानिसहरूमा पत्रकार पनि उल्लेख्य थिए। त्यसबेला भेनीसा नाथाकुमारन लाइनको अग्र भागमा गर्व गर्दै उभिएकी थिइन्।

उनले एउटा झोला मात्रै बोकेकी थिइन र उनले वेस्टमिन्स्टर हलमा प्रवेश गर्नका लागि ४८ घण्टा भन्दा बढी समय कुर्नुपर्ने अवस्था थियो।

जब म मङ्गलवार दिउँसोको खाना खाने समयमा उक्त लाइनमा लागेँ मेरो नम्बर १७ थियो। ८५ वर्षका माइकल डारभिल र ५५ वर्षकी उनकी छोरी मेन्डी डेसमन्ड मेरा नयाँ छिमेकी थिए। उनीहरू क्याम्पिङ जाँदा प्रयोग गरिने कुर्सी लिएर आएका थिए।

त्यहाँ उनीहरूलाई व्यस्त राख्ने कुनै पुस्तक, कुनै तासको खेल वा कुनै ट्याब्लेट थिएन। वार्तालाप नै एक मात्र उपाय थियो। नजानिँदो पाराले सबैले त्यसलाई नै पछ्याइरहेका थिए।

कसैले पनि आफ्नो फोनको स्क्रिनलाई एकनासले हेरिरहेका थिएनन् र कुनै एक व्यक्तिले पनि हेडफोन लगाएका थिएनन्। त्यहाँ धेरै विषयमा छलफल भइरहेको थियो। मङ्गलवार अपराह्न पानी सिमसिम परेको थियो। तर त्यसले ठूलो रूप लिएर जलमग्न अवस्था निम्त्याउँदासम्म हामी ५० जना लामबद्ध थियौँ।

त्यही बेला गेरी किन नाम गरेका व्यक्ति पिज्जाको टुक्रा बाँड्दै हिँडिरहेका थिए। मोरिससकी ज्याकलिन नेमोरिनले बट्टाबाट नजिकै रहेकी महिलालाई केही स्ट्रबेरी दिइन्। लाइनको अघिल्तिर एउटा स्थानीय परोपकारी संस्थाले चिया र कफी बाँडिरहेको थियो। याकुब यसुफ नजिकैको लामबेथ ब्रिज नजिकै बस्छन्। उनले लामबद्ध बस्दा आवश्यक हुने सामग्रीहरू घरबाटै लिएर आएका छन्।

उनले भने, 'मेलै केही महिलाहरू कुनै पूर्व तयारी बिना आएको देखेँ त्यही भएर उनीहरू बस्न सकून् भनेर मैले पाँचवटा कुर्सी लिएर आएँ। उनीहरू पुरै रात भिज्नेछन् भन्ने मैले सोचेँ त्यही भएर मैले झोला र ब्ल्याङ्केटहरू लिएर आएँ।'

लाइनको केही अघिल्तिर ईश्वर राजालाई रक्षा गर्नुहोस् भन्ने स्वतःस्फूर्त गीत गाउन थालियो र महारानीको सम्झनाका लागि मैनबत्ती बालियो। अरूले डेलिभेरोबाट खानेकुरा मगाए।

भारी वर्षाका माझ एन्ड्रयू इजरेल्स स्वेन्सनदर् ८५ वर्षकी ट्रस नेम्यानसँग कुराकानी गर्न थाले। पहिलो पटक सो दिनको सुरुमा भेटेका उनीहरू आफूहरू बसेको बेन्चबाट उठेका थिएनन्। मिनेसोटाबाट शनिवार राति आएका उनी बेन्चमा बस्ने ठाउँ पाउँदा प्रसन्न देखिए।

आइतबार​ २ असोज २०७९ ०७:४६ AM मा प्रकाशित

प्रतिक्रिया