×

हिजो र आज सुनको मुल्य स्थिर प्रतितोला ९९ हजार ८०० रुपैयामै कारोबार

images

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९९ लाख ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९९ हजार ८०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

शुक्रबार​ ४ चैत २०७८ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया