×

निर्देशक कुलमान घिसिङको अराजक गतिविधिलाई सरकार हेरेर बस्दैन, लगाम लगाउछ - ऊर्जामन्त्री दीपक खड्का

images

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई टेर्न छोडेकाले लगाम लगाउनुपर्ने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजकाले लगाम लगाउनुपर्ने बताएका हुन्।

घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उनको भनाइ छ। राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको उनले जिकिर गरे।

मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नहुँदा सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे। उनले कुलमानका कारण लोडसेडिङ हटेको भनेर भ्रम फैलाइएको दाबी गरे।

तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनले स्पष्ट पारे । बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै खड्काले तत्काल विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको उनले बताए।

खड्काले दोधारा-लम्की, बरेली-ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भएर काम अघि बढेको बताए।

मङ्गलबार ६ फागुन २०८१ ०९:३५ PM मा प्रकाशित

प्रतिक्रिया