×

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

images

 काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

समूह-१ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन् छन् भने नेपाल रहेको समूह-२ मा ओमानसहित क्यानडा र फिलिपिन्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

नेपालको सुरुवाती ११ मा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लेकेश बम, आरिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र विवेक यादव रहेका छन्।

 

शुक्रबार​ ६ फागुन २०७८ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया