×

८५ प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्छः मन्त्री रामजीप्रसाद बराल

images

नवलपुर :  गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने बताएका छन् ।
प्रदेशको अर्थ मन्त्रालयले बिहीबार नवलपुरको कावासोतीमा कार्यक्रममा मन्त्री बरालले यस वर्ष प्रदेशले अघिल्लो वर्षको तुलनामा कम बजेट ल्याएकाले पनि ८० देखि ८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने बताए ।


अघिल्लो सरकारले करिब ३४ अर्बको बजेटमा प्रदेशमा ७३ प्रतिशत बजेट खर्च गरेको थियो भने यस वर्ष गण्डकी प्रदेश सरकारले ३० अर्ब ५ करोडको बजेट ल्याएको हो ।
संघीयताको अभ्यासमा धेरै कुराको अभावको बाबजुत अब बजेट कार्यान्वयनको विकल्प नभएको मन्त्री बरालले बताए । किसानले उत्पादन गरेको चैते धान बिक्री गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसँगै मन्त्री बरालले किसानले दुःख गरेर उत्पादन गरेको धानको बिक्री वितरण गर्ने जिम्मा सरकारले लिई किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । भएको छ । “तीन तहका सरकारमध्ये कुनै एकले किसानले उत्पादन गरेको धानको बिक्रीगर्ने जिम्मा लिनुपर्छ ” उनले भने ।


मन्त्री बरालले प्रदेशले आफ्नो आन्तरिक श्रोत वृद्धि गर्नेपर्ने अवस्था रहेको बताए । तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व अतिआवश्यक भएको उल्लेख गर्दै उनले अझै तीन तहका सरकारबी अझै समन्वय अभाव भएको बताए ।


जिल्ला समन्वय समिति नवलपुर पूर्वका प्रमुख चेसराम आलेले आफ्नो जिल्लामा भएका योजनाहरुको बारेम ापहिले नै जानकारी भएमा मात्र त्यसको राम्रोसँग आपुुहरुले अनुगमन गर्ने बताए । संघ र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन नगरेको उनको गुनासो छ । स्थानीय श्रोत साधनको अनुगमन समितिले गरेकाले कम्तिमा एक प्रतिशत बजेट विनियोजन गर्नु पर्ने उनले बताए ।

शुक्रबार​ ६ फागुन २०७८ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया