×

शिभाली यू–१४ च्याम्पियन

images

काठमाडौं । नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् ।

यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गर्ल्स डबल्समा स्वर्ण जितेकी थिइन् । ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ (३) र ६–२ ले हराउदै पहिलो स्थान हात पारेका थिए ।

प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए ।

कुल छ दिने प्रतियोगितामा २६ ब्वाइज र १७ गर्ल्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि हुने छन् ।

शनिबार २ पुस २०७९ ०९:५० PM मा प्रकाशित

प्रतिक्रिया