×

मतगणना नसकिएसम्म मदिरा बिक्री वितरणमा रोक

images


काठमाडौ ।निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको बताए ।

मदिरा बिक्री वितरण र सेवन कार्यलाई पूर्ण रुपमा निषेध गर्न जिल्ला आचारसंहिता र स्थानीय सुरक्षा समितिलाई सक्रिय बनाएको थपलियाले बताए । 

बिहीबार १ मंसिर २०७९ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया