नेपालको जितले सिरिज बराबरी

    images

    काठमाडौं । गुल्सन झाको निर्णायक ब्याटिङको मदतले नेपालले दोस्रो वान डेमा बुधबार यूएईलाई तीन विकेटले पराजित गरेको छ । यो जितपछि तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ । यूएईले पहिलो खेल जितेको थियो ।
    अब निर्णायक तथा अन्तिम खेल शुक्रबार हुनेछ । टीयू मैदानमा पहिले ब्याटिङ गरेको यूएईले ४३.२ ओभरमा अलआउट हुन अगाडि १ ससय ९१ रन बनाएको थियो । त्यसमा एलिसन सराफुलले सर्वाधिक ३५ रन बनाए ।

    नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले तीन तीन विकेट लिए । जवाफमा नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर १ सय ९३ रन बनायो । नेपाली जितको नायक गुल्सन ‘प्लेयर अफ द म्याच’ रहे ।
    आठौं क्रमका ब्याटर गुल्सनले ३७ रन बनाए र नेपाललाई जितसम्म दोहराए । नेपालका लागि ज्ञानेन्द्र मल्लले २६ र कुशल भुर्तेलले ३३ रन बनाए । 

      बिहीबार १ मंसिर २०७९ ११:३० AM मा प्रकाशित

      प्रतिक्रिया