काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ५० हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर ३३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया