×

पुर्व उपराष्ट्रपतिको “मधेशको माटो म” सार्वजनिक

images

काठमाडौं । नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक “मधेशको माटो म” बाहिर आएको छ । उपराष्ट्रपति नन्द बाहादुर पुनले एक समारोहका बिच उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन । 


कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मान्छेको जीवन जस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित , आश्चर्यचकित मोडहरु आउने र त्यसले सकरात्मक मोड ल्याउने भन्दै नेपाल राष्ट्रको जीवनमा पनि गणतन्त्र आउनु कसैले नसोचेको आश्चर्यचकित र अप्रत्याशित मोड हो भने। कार्यक्रममा उहाँले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताए । 

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले उपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए। मधेश गौरव गर्नु पर्ने माटो भए पनि मधेशले एकै भाषा , एकै संस्कृतिको दवावका कारण अझै मधेश पहिचानको सवालमा संघर्ष गरिरहेको बताए । कार्यक्रममा सर्वाेच्च अदालतका पुर्व न्यायाधीश द्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देश भित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम राष्ट्रिय समाचार समिति धर्मेन्द्र झाले भावनाका तरंगहरु मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नु पर्ने कर्तव्यहरु धेरै भएको बताए । पुस्तकको समिक्षा गर्दै समिक्षक उद्धव प्रसाद भटराईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको जानकारी दिए । 


कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्र कुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेशका धेरै मुद्दाको माग अझै नसकिएको बताउनु भयो । पुस्तकले यो कुरालाई थप बल दिने उनको भनाई थियो । लेखनकुन्जका अध्यक्ष कमल ढकालले आफूहरुले हरेक मान्छे पुस्तक हो भन्दै साहित्यमा सिर्जनशिलता खोजि गर्दे दशौ हजार पुस्तक लेखी राज्यलाई बुझाउन आफूहरु दत्तचित्त भएको बताए । 


कार्यक्रममा धन्यवाद ज्ञापन र लेखकीय मन्तव्य बारे बोल्दै पूर्व उपराष्ट्रपति परमानन्द झा ले आफूले जीवनमा भोगेको धेरै कुराहरु पुस्तकमा आए पनि अझै लेख्ने क्रममा धेरै कुरा छुटेको जनाए । राष्ट्रपति बिद्या भन्डारीले नागरिकता बिधेयक फिर्ता गरेको सन्दर्भमा आएको “मधेशको माटो म” कार्यक्रममा सो कार्यको पनि विरोध गरिएको थियो । 
 

बुधबार १ भदौ २०७९ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया