×

स्याउको नियमित सेवनले स्मरण शक्तिमा हुने ह्रास रोक्छ, यस्ता छन स्याउ खानुको फाइदा ?

images

काठमाडौं । स्याउको नियमित सेवनले स्मरण शक्तिमा हुने ह्रास रोक्छ । जर्मन सेन्टर फर न्यूरोडिजेनेरेटिव डिजिजका वैज्ञानिकहरूले गरेको अध्ययनले स्याउमा हुने दुई प्राकृतिक तत्वले अल्जाइमर र डिमेन्सियाको विकासको जोखिम कम गर्नसक्ने देखाएको हो ।

स्याउको बोक्रामा क्वेरेसेटिन र स्याउमा डायहाइड्रोक्सी बोजोइक एसिड डिएचबिए नामक दुई यौगिक पाइन्छ ।

यी तत्वले न्यूरोजेनेसिस भनिने प्रक्रियामा न्यूरोन्सको सिर्जनालाई उत्प्रेरित गर्छ । न्यूरोन्स अत्यधिक उत्साहजनक कोशिका हुन् जसले शरीरको भागमा विद्युतीय सङ्केतको माध्यमबाट जानकारी प्रसारित गर्छन् । र, यसले मेमोरी क्षमता घट्ने जोखिमलाई कम गरेर नयाँ कुरा सिक्ने क्षमतालाई बढाउन मद्दत गर्छ ।

प्रयोगशाला परीक्षणमा मुसाको दिमागमा न्युरोन उत्पादन भएको र कोषहरूमा हुने क्षतिलाई कम गर्न सकिने देखाएको थियो । तर, स्याउको रसले भने न्यूरोजेनेसिसमा उल्लेखनीय योगदान पुर्‍याउन सकेन । त्यसैले, एक गिलास स्याउको रसभन्दा पनि बोक्रासहितको स्याउ खानु फाइदाजनक हुने अध्ययनमा उल्लेख छ ।

स्याउका  धेरै फाइदा छन् । स्याउको नियमित सेवनले मुटु तथा फोक्सोलाई स्वास्थ्य राख्ने, दिमागको क्षमता बढाउने, तौल घटाउन सहयोग गर्ने तथा क्यान्सरको जोखिमलाई पनि कम गर्नसक्छ ।

१. स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ ।

२. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ ।

३. स्याउमा पाइने सोलुबल फाइबरले मुटुरोग लाग्ने सम्भावना कम गर्छ ।

४. कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ ।

५. स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ ।

६. स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ ।

७. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्दछ ।

८. स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ ।

९. फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधुमेह हुनबाट बचाउँछ ।

१०. स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ ।

११. स्मरणशक्ति राम्रो बनाउँछ  ।

१२. हाडलाई मजबुत बनाउँदछ ।

 

सोमबार ४ बैशाख २०८० ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया