×

माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट

images

नेकपा (माओवादी केन्द्र)को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन हुनुभएको छ । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहुनुभएका भट्टलाई इन्चार्जको समेत जिम्मेवारी दिइएको हो ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसक्नुभएको छ । यसअघि उहाँ संविधानसभा सदस्यसमेत निर्वाचित हुनुभएको थियो ।  

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान 

नेपाली कांग्रेस कञ्चनपुरले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालनको तयारी गरेको छ । उक्त अभियान पालिका र वडास्तरमा सञ्चालन गर्न लागिएको हो । कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहका अनुसार अभियान सञ्चालन गर्न सवै वडामा प्रतिनिधि खटाइएको बताउनुभयो । 

जिल्लाका नौवटै पालिकाका ९२ वडामा प्रतिनिधि खटाइएको छ । चैत १० देखि १९ गतेसम्म पालिकास्तरमा अभियान सञ्चालन गरिनेछ । चैत १० गते बेदकोट, चैत १२ मा शुक्लाफाँटा, चैत १३ मा कृष्णपुर, चैत १४ मा लालझाडी, चैत १५ मा पुनर्वास, चैत १६ मा बेलौरी, चैत १७ मा बेलडाँडी, चैत १८ मा दोधारा चाँदनी तथा चैत १९ मा भीमदत्त नगरमा कार्यक्रम सञ्चालन गरिनेछ । पालिकास्तरका नगरसभामा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको उपस्थितिमा कार्यक्रम गरिने उपसभापति सिंहले बताउनुभयो । 

बिहीबार ३ चैत २०७८ ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया